आत्मनिर्भर लघुवित्तको शेयर रजिष्ट्रारमा बिओके क्यापिटल मार्केट

१० चैत्र २०७९, शुक्रबार १०:३०

काठमाडौं। आत्मनिर्भर लघुवित्तको शेयर रजिष्ट्रारमा बिओके क्यापिटल मार्केट लिमिटेड नियुक्त भएको छ । गत फागुनमा सर्वसाधारणका लागि आईपीओ विक्री गरी बाँडफाँट गरेको कम्पनीले शेयर सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि शेयर रजिष्ट्रार नियुक्त गरेको हो ।अब कम्पनीको शेयरको अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगाएतका शेयरधनीहरूको लगत अद्यावधिक गरि राख्ने सम्बन्धी कार्य बिओके क्यापिटल मार्केटबाट हुनेछ ।

कम्पनीले गत फागुन ११ गतेदेखि १५ गतेसम्म सर्वसाधारणमा आईपीओ विक्री गरी फागुन २८ गते आईपीओ बाँडफाँट गरेको थियो । धितोपत्र दोस्रो बजारमा भने कम्पनीको आईपीओ सूचीकृत हुन बाँकी छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*