मर्जर सम्बन्धी फैलाइएको गलत समाचारप्रति सिद्धार्थ बैंकको ध्यानाकर्षण

१० चैत्र २०७९, शुक्रबार १०:४१

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले अन्य बैंकसँग मर्ज हुन लागेको कुरा सत्य नभएको जानकारी गराएको छ । पछिल्लो समय बैंक तथा बीमा कम्पनीहरुमा मर्जरको लहर चलेसँगै सिद्धार्थ बैंक लिमिटेड पनि मर्जरमा जाने हल्लाले धितोपत्र दोस्रो बजारमा लगानीकर्ताहरुले धमाधम शेयर बिक्री गरिरहेका छन् ।

यसैबीच बैंकले नेप्सेसमक्ष एक सूचना प्रकाशित गर्दै अन्य बैंक तथा वित्तीय संस्था बीचमा मर्जर सम्बन्धी फैलाइएको समाचार तर्फ बैंकले ध्यानाकर्षण जनाएको हो । साथै त्यस्ता खालका समाचारहरुमा कुनै आधिकारिकता नभएको बैंकले जनाएको छ ।

साथै यस्ता खालका भ्रामक समाचारहरु नफैलाउन सम्पूर्ण सरोकारवालाहरुलाई बैंकले अनुरोध समेत गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*