शेयरबजारमा दोहोरो अंकको सुधार, १२ उपसूचकमा हरियाली छाउँदा माइक्रोफाइनान्स इन्डेक्स घट्यो

१३ चैत्र २०७९, सोमबार १५:१०

काठमाडौं । साताको दोस्रो दिन शेयरबजारमा हरियाली छाएको छ । केही दिनयता लगातार घटेको नेप्से सूचक आज १७.७० अंकले बढेर १९०६ को विन्दुमा कायम हुन पुगेको छ ।

नेप्सेमा सूचीकृत २६१ कम्पनीको ४३ लाख ८ हजार ६४५ कित्ता शेयर किनबेच हुँदा एक अर्ब ३८ करोड २७ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

नेप्सेमा रहेका १३ उपसूचक मध्ये सोमबार माइक्रोफाइनान्स उपसूचक बाहेकका सबै सूचकमा हरियाली छाएको छ । लघुवित्त उपसूचकको ०.५१ प्रतिशतले घटेको छ भने सर्वाधिक उ्रत्पादन तथा प्रशोधन उपसूचकको २.३५ प्रतिशतले बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*