नयाँ सारथी लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

१४ चैत्र २०७९, मंगलवार ०८:५१

नयाँ सारथी लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात चैत १५ गते बुकक्लोज गर्दैछ।यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

लघुवित्तले चैत २८ गते, मंगलबार, होटल जुगर, मिरावल चोक, धुलिखेल, काभ्रेपलाञ्चोकमा चौधौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा दिनको १ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको १९ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ १ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*