डिप्रोक्स र आदर्श लघुवित्तबीच मर्जरसम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर

काठमाडौं । डिप्रोक्स लघुवित्त र आदर्श लघुवित्त वित्तीय संस्थाबीच एकआपसमा गाभ्ने।गाभिने तथा मर्जरसम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
भरतपुर महानगरपालिका वडा नं. १० चितवनमा रजिष्टार्ड कार्यालय रहेको डिप्रोक्स लुघवित्त र बनेपा नगरपालिका वडा नं. ७ काभ्रेपलाञ्चोकमा रजिष्टार्ड कार्यालय रहेको आदर्श लघुवित्तबीच एकआपसमा मर्जरमा जानका लागि चैत १३ गते अन्तिम सम्झौतापत्रमा हस्ताक्ष भएको हो ।
यी दुवै संस्थाबीच एकआपसमा गाभिने सम्बन्धमा गत असोज १४ गते प्रारम्भिक सम्झौता भएको थियो । दुवैको वार्षिक साधारण सभाले मर्जरसम्बन्धी प्रस्ताव पारित गरिसकेको छ । अब नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड र कम्पनी रजिष्टार्डको कार्यालयबाट स्वीकृत भएपश्चात् दुवै संस्थाले एकीकृत कारोबार सुरु गर्नेछ ।












