नेप्सेद्वारा थप एक कम्पनीको शेयरमूल्य समायोजन

१४ चैत्र २०७९, मंगलवार १७:३०

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले थप एक कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । नयाँ सारथी लघुवित्त वित्तीय संस्थाले १९ प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले सो संस्थाको शेयरमूल्य समायोजन गरेको हो ।

आज शेयरबजार बन्द हुनुभन्दा अघिसम्म कायम लघुवित्तको शेयरमूल्य ७४६ रुपैयाँका आधारमा १९ प्रतिशत बोनस शेयर वितरणपछिको शेयरमूल्य ६२६ रुपैयाँ ८९ पैसा कायम गरेको छ । सोही मूल्यकै आधारमा भोलि यस संस्थाको कारोबार खुल्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*