कृषि विकास बैंकको १६औं साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । कृषि विकास बैंक लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको १६औं साधारण सभा बैंकका अध्यक्ष रामशरण पुडासैनीको प्रमुख अध्यक्षतामा केन्द्रीय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा सम्पन्न भएको हो ।
सो सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई प्रस्ताव गरेको कायम चुक्तापुँजीको २ प्रतिशत बोनस शेयर र ११ प्रतिशत नगद लाभांश (कर सहित) गरी कुल १३ प्रतिशत लाभांश पारित गरेको छ ।
यसका साथै सो सभामार्फत गत आर्थिक वर्ष २०७८।७९ को वार्षिक प्रतिवेदन, सोही आवको अन्त्यसम्मको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गरिएको छ ।
साधारण सभा प्रयोजनार्थ बैंकले फागुन ३० गतेदेखि चैत १४ गतेसम्म बुकक्लोज गरेको थियो । यसर्थ फागुन २९ गतेसम्म कायम शेयरधनीहरुले मात्रै प्रस्तावित लाभांश पाउनेछन् ।












