लाभांश प्रस्तावसहित एनआइसी एशिया लघुवित्तले डाक्यो साधारण सभा, कहिले हुँदैछ बुकक्लोज ?

१६ चैत्र २०७९, बिहीबार १०:३२

काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाले पाँचौ साधारण सभा वैशाख १० गते होटल गजुर, गंगालाल मार्ग, भोटेपुल, धरान उप–महागनरपालिका वडा नं. ८ सुनसरीमा बिहान ९ बजे बस्नेगरी सभा डाकेको हो ।

सो सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको कायम चुक्तापुँजीको १४.७५ प्रतिशत नगद लाभांश (कर समेत) पारित गर्नेछ ।
यसका साथै सो सभामा संस्थाको प्रबन्धपत्र र नियमावलीमा समसामयिक थप।संशोधन गर्ने, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, सोही आवको अन्त्यसम्मको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायका वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गर्नेछ ।

साथै चालु आर्थिक वर्ष २०७९।८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, संचालक समितिमा मनोनित प्रतिनिधि संचालकहरु सिए सन्तोष कुमार राठी र दिने भारीलाई बाँकी कार्यकालको लागि संचालक नियुक्त गर्ने सभाको एजेण्डा रहेको छ ।

साधारण सभा प्रयोजनार्थ लघुवित्तले वैशाख १ गतेदेखि वैशाख १० गतेसम्म बुकक्लोजको मिति तोकेको छ । यसर्थ चैत ३० गतेसम्म कायम शेयरधनीहरुले मात्रै सभामा उपस्थित हुन र प्रस्तावित लाभांश पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*