कृषि विकास बैंकको संचालकमा तीनजना निर्वाचित

१६ चैत्र २०७९, बिहीबार १०:४१

काठमाडौं । कृषि विकास बैंक लिमिटेडको साधारण सभाबाट तीन जना संचालक निर्विरोध निर्वाचित भएका छन् ।

बैंकको चेत १४ गते सम्पन्न साधारण सभाबाट बैंकको संचालकमा गोविन्द प्रसाद भट्टराई, संजीव पौडेल र विनोद कुमार गुरागाई निर्वाचित भएका हुन् ।

साथै निर्वाचित दुई संचालकहरुलाई बैंकको चैत १५ गते बसेको संचालक समितिको बैठकले आगामी ४ वर्ष कार्यकालका लागि नियुक्त गरी पद तथा गोपनियताको शपथ ग्रहण समेत गराएका छन् ।

सोमध्ये संचालक गोविन्द प्रसाद भट्टराइको दुर्घटनामा परी अस्पताल भर्ना भएकोले उपयुक्त समयमा पद तथा गोपनियताको शपथ ग्रहण गर्ने बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*