एनआइसी एशिया बैंकले आफ्नो नाममा रहेको थप १६ वटा जग्गा लिलाम गर्दै

१६ चैत्र २०७९, बिहीबार ११:१३

काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले गैर बैकिङ सम्पत्ति लिलाम गर्ने भएको छ । बैंकले आफ्नो नाममा रहेको थप १६ वटा स्थानको जग्गा लिलाम गर्न लागेको हो ।

बैंकले आफ्नो नाममा दर्ता रहेको गुलरिया बर्दिया, चनौली चितवन, पर्सा, कलंकी काठमाडौं, खैरहनी चिवतन, भद्रपुर झापा, इनरुवा सुनसरी, मुसिकोट रुकुम, मुगु, धरान सुनसरी, चरिकोट दोलखा र सिन्धुली गरी कुल १६ वटा जग्गा लिलाम गर्न लागेको हो ।

उक्त जग्गा खरिद गर्न चाहाने इच्छुक व्यक्ति।फर्म।कम्पनी तथा संघसंस्थाहरुले ७ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय कर्जा असुली विभाग, राधाभवन, त्रिपुरेश्वर, काठमाडौंमा गोप्य शिलबन्दी प्रस्ताव पेश गर्न सक्नेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*