नेरुडे र मिर्मिरे लघुवित्तबीच मर्जरसम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर
१९ चैत्र २०७९, आईतवार ११:१५

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था र मिर्मिरे लघुवित्त वित्तीय संस्थाले एक आपसमा गाभ्न।गाभिने वा मर्जरसम्बन्धी अन्तिम सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । दुई कम्पनीले चैत १६ गते विहीबार अपरान्ह ४ बजे गाभ्ने÷गाभिने मर्जर सम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
नेरुडेको रजिष्टर्ड कार्यलाय मोरङ जिल्लाको विराटनगरमा रहेको छ भने मिर्मिरेको काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा रहेको छ । दुई संस्थाले पुस ११ गते प्रारम्भिक सहमतिपत्रमा हस्ताक्षर गरेका थिए । अन्तिम सहमतिपत्रमा हस्ताक्षर सँगै दुबै संस्थाले छुट्टा छुट्टै साधारणसभा आह्वान गरि साधारणसभा मार्फत मर्जरको विशेष प्रस्ताव पारित गर्ने छन् ।











