ग्लोबल आइएमई बैंकमा भौतिक साधनको अभाव बढ्दै, प्रिन्टर बिग्रदा चेक र स्टेटमेन्ट प्रिन्ट रोकियो

राजन कठायत
१९ चैत्र २०७९, आईतवार १३:२८

काठमाडौं । ग्लोबल आइएमई बैंकभित्र भौतिक साधनको आभावमा बैंकिङ सेवा कठिन बन्न थालेको छ । मेशिन बिग्रेपछि दिउँसै एटिएम बुथको सटर बन्द गर्ने ग्लोबल आइएमई बैंकको राजधानीभित्रैको एउटा शाखामा बिग्रिएको प्रिन्टर नबन्दा एक सातादेखि सेवाग्राहीहरुले सास्ती भोग्न बाध्य भएका छन् ।

बैंकको पुतलीसडकस्थित शाखाको चेक र स्टेटमेन्ट प्रिन्ट गर्ने प्रिन्टर बिग्रेको एक साता बितिसकेको छ । अघिल्लो सातादेखि बिग्रेको प्रिन्टर आजसम्म पनि नबन्दा सेवाग्राहीहरुले सास्ती पाएका हुन् ।

ग्लोबल आइएमई बैंकको पुतलीसडकस्थित शाखा कार्यालयको प्रिन्टर बिग्रँदा चेक बुक प्रिन्ट र स्टेटमेन्ट प्रिन्ट गर्ने कार्य एक सातादेखि अबरुद्ध हुँदै आएको छ । राजधानीभित्रैको शाखा कार्यालयमा एक सातादेखि चेक प्रिन्ट अबरुद्ध भएको सम्बन्धमा कम्पनीको हेड क्वाटरमा पटक पटक जानकारी गराउँदा समेत कुनै सुनुवाई नभएको सेवाग्राहीको गुनासो छ ।

पुतलीसडक शाखाको चेक प्रिन्ट गर्ने प्रिन्टर बिग्रेको एक सातासम्म पनि रिप्लेस वा मर्मत नगरिएको सम्बन्धमा जिज्ञाशा राख्दा कम्पनीका डेपुटी सिईओ तथा सूचना अधिकारी सुरेन्द्रराज रेग्मीले सो सम्बन्धमा आजै समस्या समाधान भइसकेको बताए । पुतलीसडक शाखा कार्यालयले विगतमा प्रिन्टर बिग्रेपनि आज बनिसकेको जानकारी दियो । तर, बीमापोष्टका प्रतिनिधिलाई आज अपरान्ह १२ः५० बजे पुतलीसडक शाखामा चेक प्रिन्ट गर्न पठाउँदा प्रिन्टर बिग्रेको भनेर फर्काइएको छ ।

त्यसो त ग्लोबल आइएमई बैंकको ग्राहकसेवा केन्द्र सबैभन्दा कमजोर छ । बैंकमा समस्या परेर फोन गरेकाको घण्टौसम्म टेलिफोन नउठ्ने समस्या छ । सार्वजनिक निकाय भनेर तोकिएका बैंकका कर्मचारीहरुका व्यवहार समेत सेवाग्राहीमैत्री नभएको गुनासो छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*