एनआइसी एशिया बैंकमा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

१९ चैत्र २०७९, आईतवार १५:०३

काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से सूचक २३ अंकले घटेर १८८५ को विन्दुमा कायम हुन पुगेको छ ।

नेप्से घटेसँगै आज शेयरबजारमा जम्मा एक अर्ब १६ करोड २६ लाख रुपैयाँमाथिको कारोबार भएको छ । सर्वाधिक आज एनआइसी एशिया बैंकको ५ करोड २ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, शिवम् सिमेन्ट्सको ४ करोड ४७ लाख रुपैयाँ, रिडी हाइड्रोपावरको ३ करोड ४६ लाख, हिमालयन डिष्टिलरीको २करोड ४४ लाख रुपैयाँ र नेपाल पुनर्बीमा कम्पनीको २ करोड ४१ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*