लघुवित्तहरुको समस्या समाधान गर्न नेपाल राष्ट्र बैंकद्वारा सुझाव पेश गर्न आह्वान

१९ चैत्र २०७९, आईतवार १६:०८

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुको वर्तमान समस्या समाधान गर्न आवश्यक सुझाव पेश गर्न अनुरोध गरेको छ । केन्द्रीय बैंकको आर्थिक अनुसन्धान विभागले एक सूचना जारी गर्दै लघुवित्त संस्थाहरुको समस्या समाधान गर्न चाल्न पर्ने कदमहरुका बारे सुझाव माग गरेको हो ।

राष्ट्र बैंकको संचालक समितिको बैठकले लघुवित्त वित्तीय संस्थाको वर्तमान समस्या र समाधानका उपायहरुको विषयमा अध्ययन गर्न गठन गरेको समितिले सुझव माग गरेको हो ।

समितिले अध्ययन कार्य प्रारम्भ गरेको जानकारी दिदै यस सन्दर्भमा यस विषयसँग सरोकार राख्ने सम्पूर्ण महानुभावहरुले लघुवित्त वित्तीय संस्थाको वर्तमान समस्या र यो समस्या समाधान गर्न चाल्न पर्ने कदमहरुका बारे सुझाव दिन आग्रह गरेको हो । समितिले mाष्कक२लचद.यचन.लउ मा ईमेल गरेर २०८० बैशाख २० गते भित्र सुझाव पठाई सहयोग गर्न आग्रह गरेको हो ।

 

May be an image of text that says 'नेवाल दगमय नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभाग सूचना यस बैंकको सऱ्चालक समितिको निर्णय बमोजिम आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशकको संयोजकत्वमा लघुवित्त वित्तीय संस्थाको वर्तमान समस्या समाधानका उपायहरुको विषयमा अध्ययन गर्न गठन भएको समितिले अध्ययन कार्य प्रारम्भ गरेको छ यस सन्दर्भमा यस विषयसंग सरोकार राख्ने सम्पूर्ण महानुभावहरुले लघुवित्त वित्तीय संस्थाको वर्तमान समस्या यो समस्या समाधान गर्न चाल्न पर्ने कदमहरुका बारे तलको ईमेल ठेगानामा २०५० बैशाख २० गते भित्र सुभाव पठाई सहयोग गरिदिनु हुन विनम्र अनुरोध छ ईमेल: mfiss@nrb.org.np अध्ययन समितिको सचिवालय'

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*