थप चारवटा शाखा कायालय स्थानान्तरण गर्दै नबिल बैंक

२० चैत्र २०७९, सोमबार १०:४०

काठमाडौं । नबिल बैंक लिमिटेडले आफ्ना थप ४ वटा शाखा कार्यालय स्थानान्तरण गर्ने भएको छ । बैंकले यहि चैत २६ गतेदेखि संचालन हुनेगरी चार शाखा स्थानान्तरण गर्न लागेको हो ।

बैंकले जोरपाटी–२, कालीमाटी, किर्तिपुर–२ र वीरगंज–२ को शाखा कार्यालयहरु सार्न लागेको हो । बैंकले काठमाडौं जिल्ला, गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीमा रहेको शाखा कार्यालय काठमाडौं महानगरपालिका–६ रामहिटीमा, कालिमाटीमा रहेको शाखा चन्द्रागिरी नगरपालिका–१४ नैकापमा, किर्तिपुर नगरपालिका–१ त्याङलाफाटमा रहेको शाखा बल्खु, टेकासी (दक्षिणकाली मार्ग टि.यु. गेट नजिकै) स्थानान्तरण गर्न लागेको हो ।

त्यस्तै, नबिल बैंकले वीरगंज महानगरपालिका–४ अलखिया रोडमा रहेको शाखा वीरगंज महानगरपालिका–८ वीरगंज बाइपासमा स्थानान्तरण गर्न लागेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*