सुर्यज्योति लाइफ इन्स्योरेन्सद्वारा एकैपटक दुईवटा बीमा दाबी भुक्तानी

काठमाडौं । सुर्यज्योती लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको महेन्द्रनगर शाखाले एक कार्यक्रमका बिच २ ओटा बीमा दाबी भुक्तानी गरेको हो ।
कम्पनीले भिमदत्त नगरपालिका वडा नम्बर ६ बस्ने रमेस राज गुरुको परिवारलाई बीमा दाबी भुक्तानी गरेको हो । उनले सुर्यज्योती लाइफ इन्स्योरेन्समा बैदेशिक रोजगार कामदार अन्तरगत बीमा गराएका थिए । बिबाह गर्ने भनी घरमा आएका निजको आफनै घरको सेप्टी ट्यान्किमा खसी मृत्यु भएकोले निजको आमा रिता देबि राजगुरुलाइ शाखा कार्यलयमा एक कार्यक्रम गरि शाखा प्रमुख रामदत्त भट्ट्ले १३ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।
साथै सोही कार्यक्रममा ३ वर्ष अगाडि सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीमा आफ्नो छोराको २० लाखको बीमा गराएका गङ्गा सिङ्ह कार्कीको पनि घातक रोग सुबिधा सहितको बीमा रहेकोले निज गङ्गा सिंहका ओपन हार्ट सर्जरी गराएकोले उपचार बाफत कम्पनीले निज गङ्गा सिहलाई समेत २० लाख रुपैयाँ उपचार खर्च दिएको छ ।
सो कार्यक्रममा सामजिक अभियन्ता तथा हेल्प नेपाल कंचनपुर का अध्यक्ष मदन चन्द , एजेन्सी म्यानेजर लबदेब जोशी महेन्द्रनगर शाखाका कर्मचारी दुर्गादत्त कलौनी लगायतको उपस्थिति रहेको थियो ।













