अबको पाँच वर्षपछि हेर्नेछौं, कुन शक्तिले हामीलाई रोक्नेछ: रवि लामिछाने

२० चैत्र २०७९, सोमबार १२:२०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन–२ बाट उम्मेदवारी दर्ता गराएका छन् । लामिछानेले आफ्नो नागरिकता र राहदानी विवाद न्यायिक प्रक्रियाबाट टुंगो लाागिसकेको बताएका छन् ।

प्रतिनिधि सभा सदस्यका लागि चितवन–२ मा मनोनयन दर्ता गर्दै लामिछानेले भने, ‘अब अदालतका कोठा चाहार्दैनौं, जनताको ढोका चाहार्छाैं ।’ साथै लामिछानेले ब्यक्तिलाई भन्दा पनि अभियानलाई बचाउन लागिपर्न आम जनतालाई अनुरोध गरेका छन् ।

उनले भने ‘संसदभरि एक सय एक होनाहार युवाहरु पुर्याउने यो यात्रा कसैको कारणले रोकिँदैन’ उनले थपे, ‘हामी पनि हेर्छौ, अबको पाँच वर्षपछि कुन शक्तिले हामीलाई रोक्नेछ ।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*