१६ अंकले घट्यो नेप्से, हाइड्रोपावर उपसूचक सर्वाधिक घट्दा कारोबार ९१ करोडमा सीमित

२० चैत्र २०७९, सोमबार १५:११

काठमाडौं । साताको दोस्रो दिन शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से सूचक १६.९१ अंकले घटेर १८७१ को विन्दुमा कायम हुन पुगेको छ ।

पछिल्लो समय लगानीकर्ताहरु निरुत्साहीत बन्दा शेयरबजारको अवस्था खस्किँदै गइरहेको छ । लगानीकर्ताहरुले पुँजीबजार सुधारका निमित्त नवनियुक्त अर्थमन्त्री प्रकाश शरण महतलाई ८९ बुँदे सुझाव समेत पेश गरेका छन् ।

आज नेप्सेमा सूचीकृत २६० कम्पनीको २८ लाख १२ हजार ९९० कित्ता शेयर किनबेच हुँदा ९१ करोड ५१ लाख ६७ हजार रुपैयाँमाथिको कारोबार भएको छ । नेप्से इन्डेक्स सँगै कारोबार रकम समेत घट्दै गइरहेको छ ।

नेप्सेमा रहेका १३ उपसूचक मध्ये आज ब्यापार इन्डेक्स १.२१ प्रतिशतले बढेको छ भने बाँकी सबै घट्न पुगेको छ । सर्वाधिक हाइड्रोपावर उपसूचक १.३० प्रतिशतले घट्न पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*