सूर्योदय वोमी लघुवित्तको संस्थापक शेयर बिक्रीमा

२१ चैत्र २०७९, मंगलवार ११:०१

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले करिव १ लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने ल्याएको हो । कम्पनीको चार जना संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको ९८ हजार ६८३ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेका हुन् ।

संस्थापक सेयरधनी डोलेन्द्र पौडेलको नाममा रहेको २७ हजार १८८ कित्ता, बालकृष्ण विश्वकर्माको नाममा रहेको २३ हजार ९९२ कित्ता, कृष्ण बहादुर वि.केको ८ हजार ५०३ र लेखनाथ खनियाको नाममा रहेको ३९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

उक्त संस्थापक सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले आवेदन दिन सक्नेछन् । आवेदन आजैका मितिले ३५ दिनभित्र आवश्यक कागजात प्रमाण संंलग्न गरि कम्पनीको कर्पोरेट कार्यालय महालक्ष्मी, ४ ललितपुरमा पेश गर्नुपर्नेछ ।

तोकिएको सो अवधिमा विद्यमान संस्थापकहरुबाट सेयर खरिदका लागि आवेदन नपरेको खण्डमा प्रचलित कानून बमोजिम अन्य बिक्री प्रक्रिया अघि बढाईने कम्पनीले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*