नेप्सेमा एभरेष्ट बैंकको उर्जा ऋणपत्र सूचीकृत

२२ चैत्र २०७९, बुधबार १३:०५

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एभरेष्ट बैंकको उर्जा ऋणपत्र सूचीकृत भएको छ । बैंकको ‘एभरेष्ट बैंक लिमिटेड उर्जा ऋणपत्र २०८९’ नामक ऋणपत्र ‘इबीएलइबी८९’ सिम्बोलबाट सूचीकृत भएको हो ।

बैंकको अंकित मूल्य १००० रुपैयाँ दरको कुल ७ लाख ४६ हजार ८३० कित्ता ऋणपत्र सूचीकृत भएको हो । बैंकको १० वर्षे अवधि तथा वार्षिक ७.५० प्रतिशत ब्याजदर भएको ऋणपत्र सूचीकृत भएको हो ।

सूचीकृतपश्चात् उक्त ऋणपत्र भोलिदेखि नै धितोपत्र दोस्रो बजारमा कारोबारमा आउनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*