शेयरबजारमा झिनो अंकको सुधार, १० उपसूचकमा हरियाली छाउँदा कारोबारमा देखिएन उत्साह

२२ चैत्र २०७९, बुधबार १५:१२

काठमाडौं । लगातार गिरावट आएको शेयरबजार साताको चौथो दिन झिनो अंकको सुधार देखिएको छ । प्रि–ओपनिङ सेसनमा नेप्से सूचक घटेपनि मार्केट क्लोज हुँदासम्म ८ अंकले बढेर १८७४ को विन्दुमा कायम हुन पुगेको हो ।

शेयरबजारमा सामान्य सुधार देखिएतापनि कारोबार रकम भने सन्तोषजनक देखिएको छैन । नेप्सेमा सूचीकृत २६२ कम्पनीको २५ लाख ८४ हजार ४०० कित्ता शेयर किनबेच हुँदा आज जम्मा ८१ करोड ४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज उत्पादन तथा प्रशोधन सूचक, निर्जीवन बीमा र ब्यापार उपसूचक बाहेकका सबै उपसूचकमा हरियाली छाएको छ । सर्वाधिक आज होटल तथा पर्यटन उपसूचक १.०४ प्रतिशतले बढेको छ भने सर्वाधिक निर्जीवन बीमा उपसुचक ०.५२ प्रतिशतले घटेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*