नेष्डो समृद्ध लघुवित्तको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न, सदस्यहरुको विश्वासलाई धोका नदिने प्रवन्ध संचालक प्रसाईको प्रतिवद्धता

२४ चैत्र २०७९, शुक्रबार २०:५०

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको अन्तरक्रियात्मक वित्तीय साक्षरता अभियान वुधवार लेखनाथ कास्कीमा सम्पन्न भएको छ । संस्थाले राष्ट्रिय समृद्धीमा लघुवित्त वित्तीय क्षेत्रको योगदान, वर्तमान चुनौतीहरु र यसको समाधानको विषयमा हकवाला सदस्यसँग अन्तरक्रिया गरी समाधान खोजी गर्ने उद्देश्यले सो कार्यक्रम आयोजना गरेको हो ।

लघु वित्तीय क्षेत्रप्रति सवै क्षेत्रवाट प्रहार भई रहेका वेला संस्थाले आफ्ना सदस्यलाई लघुवित्त सेवाको वास्तविकता महशुस गराई थप प्रतिवद्धताको लागि पहल स्वरुप कार्यक्रम गरेको वताएको छ । कार्यक्रममा आफ्नो मन्तव्य राख्दै सदस्यहरुले लघुवित्तले आँफुलाई धेरै सहयोग पुर्याएको, अझै पनि आँफुहरुलाई लघुवित्त सेवाको खाँचो रहेको भन्दै संस्थालाई आवश्यक परको वखत जस्तो सुकै सहयोग गर्न तयार रहेको बताएका छन् ।

अन्तरक्रियात्मक कार्यक्रममा वोल्दै लेखानाथ शाखा अन्र्तगत केन्द्र नम्वर ५३ का प्रमुख शान्तमाया थापा मगरले दस हजार कर्जा लिएर १५ वर्ष पहिलो वँगुर पालन शुरु गरी ७ सय वँगुर वनाउन सफल भएको भन्दै सडकवाट करोडपती वनाउने नेष्डोलाई कहिल्यै छाडन नसक्ने बताइन् । उनले संस्थालाई आवश्यक परेको वखत जुनसुकै साथ दिन तयार रहेको भन्दै आँफू अरु संस्थामा आवद्ध नहुने समेत बताइन् ।

कार्यक्रममा नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाका संस्थाका संस्थापक अध्यक्ष एवम् प्रवन्ध सञ्चालक विश्व प्रकाश प्रसाईले जुन वेला वैक तथा सरकारी सेवा सदरमुकाम केन्द्रित हुँदै थिए त्यही वेला ज्यानको बाजि लगाएर घरदैलोमा पुगेर लघुवित्तले सेवा दिएको स्मरण गराए । उनले ३६ प्रतिशत व्याज तिर्दा कर्जा नपाउने गरिव परिवारलाई विनाधितो १५ प्रतिशतमा कर्जा दिएको भन्दै घरदैलोमा पुगी जम्मा गरेको ससानो वचत रकममा साढे सात प्रतिशत व्याज दिने लघुवित्तलाई के गरिवमारा भन्न सकिन्छ ? भन्दै उनले प्रश्न समेत गरे । हाल लघुवित्त संस्था विरुद्ध संघर्ष समितिका नाममा भएका गतिविधीलाई अवान्छित भन्दै प्रसाईले कर्जा लिएपछि जसरी पनि तिर्नु पर्ने बताए । लघुवित्त राष्ट्रिय समृद्धीको आधार हो भन्दै लघुवित्त संस्था र सदस्य दिदी वहिनीका विरुद्ध हुने जुनसुकै गतिविधीको डटेर सामाना गर्ने बताए ।

कार्यक्रममा सहायक प्रवन्धक कमल प्रसाद शर्मा, उत्तम प्रसाद अधिकारी, अधिकृतद्वय शान्ति शर्मा, कृष्ण प्रसाद चापागाई, सामाजिक अभियान्त टिकाराम सापकोटाले लघुवित्त क्षेत्रका विविध समस्याहरु र समाधानका विषयमा आफ्ना धारणाहरु राखेका थिए ।

अन्तरक्रिया कार्यक्रम संस्थाको लेखनाथ शाखाका प्रवन्धक सुवास भणंडारीको अध्यक्षता, वरिष्ठ प्रवन्धक युधिष्ठिर भुषालको स्वागत, सहायक अधिकृत अनिता सोतीको प्रतिज्ञा एवं सहायक प्रवन्धक सुस्मा प्रसाईको संचालनमा सम्पन्न भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*