युनिक नेपाल लघुवित्तको संचालकमा वालिका चौधरी नियुक्त
२६ चैत्र २०७९, आईतवार ११:०१

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको संचालकमा वालिका चौधरी नियुक्त भएकी छिन् ।
संस्थाको चैत १७ गते बसेको संचालक समितिको बैठकले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने गरी गुलरिया नगरपालिका वडा नं. १ की चौधरीलाई संस्थाको संचालक समितिमा चयन गरेको हो ।











