मिर्मिरे र नेरुडे लघुवित्तले डाक्यो विशेष साधारण सभा, मर्जरसम्बन्धी सम्पूर्ण प्रस्ताव पारित हुने

२६ चैत्र २०७९, आईतवार ११:११

काठमाडौं । मिर्मिरे लघुवित्त र नेरुडे लघुवित्त वित्तीय संस्थाले मर्जरसम्बन्धी सम्पूर्ण प्रस्ताव पारित गर्न विशेष साधारण सभा आह्वान गरेको छ । यी दुवै संस्थाले वैशाख १० गते छुट्टछुट्टै बस्नेगरी सभा डाकेको हो ।

नेरुडे लघुवित्तको सञ्चालक समितीको चैत २४ गते र मिर्मिरे लघुवित्त सञ्चालक समितीको चैत १६ गते बसेको बैठकले बैशाख १० गते साधारण सभा बोलाएका हुन् । मिर्मिरे लघु्वित्तको विशेष सभा होटल सारथी, धुलिखेल नगरपालिका–८ काभ्रेपलाञ्चो्कमा दिउनको १२ः३० बजे बस्नेछ भने नेरुडे लघुवित्तको विशेष सभा विराटनगर महानगरपालिका वडा नं. २, उद्योग संगठन मोरङ्गको सभाहल, मोरङ्गमा बिहान ११ बजे बस्नेछ ।

दुवै लघुवित्तको सभाले एक आपसमा मर्जरमा जानका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ । दुवै लघुवित्त एक आपसमा मर्जर भएपश्चात् नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट कारोबार हुनेछ ।

साथै लघुवित्तको रजिष्टर्ड कार्यालय काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका १२ मा र कर्पोरेट कार्यालय काठमाडौं र ललितपुर महानगरपालिका बाहेक काठमाडौं उपत्यका भित्र रहने प्रस्ताव पारित गर्नेछ । मिर्मिरे लघुवित्त र नेरुडे लघुवित्त १ः१ सेयर स्वाप अनुपात रेसियोमा मर्ज हुनेछन् ।

दुवै लघुवित्तबीच गत चैत १८ गते मर्जर सम्बन्धी अन्तिम समझदारी पत्रमा हस्ताक्षर भएको थियो । मर्जरपश्चात् लघुवित्तको चुक्ता पूँजी १ अर्ब ३८ करोड, २५० शाखा कार्यालय, ३ लाख सेवाग्राही पुग्नेछ । दुवै संस्थाबीच गत पुस ११ गते एक आपसमा गाम्भे तथा गाभिने गरी प्रारम्भिक सम्झौता भएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*