नेष्डो समृद्ध लघुवित्तद्वारा एक सदस्यको कर्जा मिनाहा, बीमा वापतको रकम समेत भुक्तानी

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले एक सदस्यको कर्जा मिनाहा गरिदिएको छ । संस्थाको लेखनाथ शाखामा आवद्ध सदस्यको मृत्यूमा संस्थाले कर्जा मिनाहा गरी क्रिया खर्च सहित विभिन्न सुविधाहरु प्रदान गरेको छ ।
लेखनाथ शाखा अन्र्तगत रहेको वुद्धचोक महिला व्यवसायिक केन्द्रका सदस्य वसन्ती मगरको गत पौष १ गते जीप दुर्घटनामा ३५ वर्षको अल्पायुमा दुखद निधन भएको थियो । गत मंसिरमा मात्र दुई लाख रुपैयाँ कर्जा लिई एक किस्ता भुक्तानी गरेकी बसन्ती मगरको वाँकी कर्जा १ लाख ८३ हजार ३३३ रुपैयाँ कर्जा मिनाहा गरी नीजले एक किस्ता वापत तिरेको १६ हजार ६ सय ६७ रुपैयाँ समेत निजको हकवाला छोरी एरिका मगरलाई हस्तान्तरण गरेको हो ।
यसका साथै संस्थाले क्रिया खर्च वापत २० हजार रुँपैया प्रदान गरेको छ । सदस्यको सवारी दुर्घटनामा परी मृत्यु भएको कारण दुई लाख रुपैयाँ दुर्घटना बीमा वापतको रकम पनि प्रदान गरिएको छ । संस्थाले मेटलाईफ इन्स्योरेन्स कम्पनीसंगको सहकार्यमा लघुबीमा गर्दै आईरहेको छ ।
उल्लेखित रकम हकवाला छोरीलाई हस्तान्तरण गर्दै संस्थाका प्रवन्ध सञ्चालक विश्व प्रकाश प्रसाईले लघुवित्तले एउटा महिलालाई चेतनाको विकास गरी संगठित गर्ने, स–ससानो रकम वचत गर्न सिकाई साढे सात प्रतिशतसम्म व्याज प्रदान गर्ने अनि विना धितो वढिमा १५ प्रतिशतमा घरदैलोमा पुगी कर्जा लगानी गर्ने मात्र नभै यस किसिमका विमा योजनामा सहभागी गराई मृत्यु पश्चात पनि परिवारलाई राहात प्रदान गरेको बताए । सहजतामा कर्जा कमाएर तिर्न सकिने तर दुःखमा परिवारलाई कर्जाको भारवाट मुक्त गराउन विमा जरुरी भएको भन्दै भविस्यका दिनमा सदस्यलाई थप सुविधा दिने तर्फ नेष्डो समृद्ध प्रयन्तरत रहेको बताए ।











