शेयरबजारमा २८ अंकको गिरावट, सबै उपसूचक घट्यो

२६ चैत्र २०७९, आईतवार १५:१४

काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा भारी गिरावट आएको छ । नेप्से सूचक आज २८.३१ अंकले घटेर १८३८ को विन्दुमा कायम हुन पुगेको छ ।

नयाँ अर्थमन्त्री आएसँगै शेयरबजार लगातार घटेको छ । अर्थमन्त्री डा. रामशरण महतले शेयर लगानीकर्ताहरुको माग सम्बोधन गर्ने तर्फ सकारात्मक देखिएतापनि शेयरबजारमा निरन्तर घट्दै गइरहेको छ ।

आज नेप्सेमा सूचीकृत २६८ कम्पनीको ३८ लाख ३० हजार २७७ कित्ता शेयर किनबेच हुँदा एक अर्ब १५ करोड ४८ लाख रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमार रहेका १३ वटै उपसूचक आज राताम्य छन् ।

सर्वाधिक हाइड्रोपावर उपसूचकको २.३५ प्रतिशतले घटेको छ । त्यस्तै, निर्जीवन बीमा उपसूचकको १.८२, जीवन बीमा उपसूचक १.९२ प्रतिशतले घटेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*