बेष्ट फाइनान्स कम्पनीको साढे १ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

२७ चैत्र २०७९, सोमबार १०:१९

काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाका केहि संस्थापक समुहका शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीको लागि आवेदन दिएपश्चात संस्थाले सो वापतको शेयर बिक्रीमा ल्याएको हो ।

संस्थाका शेयरधनीहरु क्रमशः दुुर्गा बोहराको ८८ हजार ७१ कित्ता, राम कृष्ण न्यौपानेको ५२ हजार १५२ कित्ता, ज्ञानेश्वर वाडे श्रेष्ठको ७ हजार ३७०, करुणा थापाको २ हजार कित्ता, चन्द्र कुमार श्रेष्ठको १ हजार कित्ता, मन बहादुर राईको १ हजार कित्ता र सुुभदा त्रिपाठीको ४ हजार गरी कुल १ लाख ५५ हजार ५९३ कित्ता शेयर बिक्रीमा ल्याएको छ ।

उक्त शेयर खरिद गर्न इच्छुक उम्मेदवारले सूचना प्रकाशित गरेको ३५ दिन भित्र संस्थाको केन्द्रिय कार्यालय कमलादी, काठमाडौंमा निवेदन दिन अनुरोध गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*