ग्रिन डेभलपमेन्ट बैंकको लाभांश घोषणा
२७ चैत्र २०७९, सोमबार ११:१४

काठमाडौं । ग्रिन डेभलपमेन्ट बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई लाभांश वितरण प्रस्ताव गरेको हो ।
बैंकको चैत २६ गते बसेको सञ्चालक समितिको बैठकले आव २०७८।७९ को मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको ३.८० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२० प्रतिशत नगद गरी कुल ४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउने छन्।












