सानिमा मिडिल तमोरको शेयरमा पहिलो दिनमै सर्किट

२७ चैत्र २०७९, सोमबार ११:२१

काठमाडौं । साताको दोस्रो दिन शेयरबजार खुलेको कही समयमा नै सानिमा मिडिल तमोरको हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको हो । कम्पनीको शेयर आइतबार नेप्सेमा सूचीकृत भई आजदेखि कारोबारमा आएको हो ।

कारोबारको पहिलो दिन नै कम्पनीको आइपीओ १० प्रतिशत अर्थात् २९.५० रुपैयाँले बढेर शेयरमूल्य ३२४ रुपैयाँ ५० पैसा पुगेको छ । कम्पनीको आइपीओ अघिल्लो दिन नेप्सेमा सूचीकृत भई आजदेखि कारोबारमा आएको हो । कम्पनीको शेयर २९५ रुपैयाँमा पहिलो कारोबार खुलेको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*