आगामी बर्ष ब्याजदर बढाउने वा घटाउने बिषयमा बैंकर्स संघको भेला बस्दै, के आउँला निर्णय ?

२७ चैत्र २०७९, सोमबार १३:०६

काठमाडौं । नेपाल बैंकर्स संघले ब्याजदरको बिषयमा पुन छलफल गर्ने भएको छ ।संघले सबै वाणिज्य बैंकका सिईओहरुसँग नयाँ बर्ष एवं वैशाख १ गतेदेखि लागू हुने ब्याजदरको बिषयमा कुन रणनितिबाट अघि बढ्न सकिन्छ भन्ने बिषयमा छलफल गर्न लागेको स्रोतले जनाएको छ।

बैंकर्स संघले ब्याज दर तल–माथि गर्न सम्बन्धित बैंकहरु स्वतन्त्र भए पनि केही समययता यसको जिम्मा बैंकर्स संघले लिएको छ। सोही अनुरुप नै बैंकहरुले निक्षेपको ब्याज दर निर्धारण गर्ने गरेका छन् । बैंकका सिइओहरु नीतिगत दर नघटी बैंकहरुले निक्षेपको ब्याज दर घटाउन सक्ने पक्षमा नरहेको बताँउछन् ।

अहिले साधारण मुद्दतीको ब्याज दर ११ प्रतिशत छ। बचतको ब्याज दर ६–८ प्रतिशत छ। निक्षेपको ब्याज महँगो हुँदा ऋणको ब्याज पनि महँगिन्छ। त्यसैले निक्षेपको ब्याज घटाएर ऋणको तल झार्नु पर्ने दबाबमा बैंकरलाई छ।
संघले यसै साता नै बैठक बोलाउने तयारी गरिरहेको छ। जसअनुसार नै नयाँ बर्षदेखि ब्याजदर घटाउने वा बढाउने टुंगो लाग्नेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*