यी हुन् आज शिवम् सिमेन्ट्सहित सर्वाधिक कारोबार हुने टप १० कम्पनी
२७ चैत्र २०७९, सोमबार १५:०३

काठमाडौं । साताको दोस्रो दिन शेयरबजारमा झिनो अंकको सुधार देखिएको छ । नेप्से सूचक ५.५४ अंकले बढेर १८४४ को विन्दुमा कायम हुन पुगेको छ ।
नेप्सेमा सामान्य सुधार देखिएपनि आज कारोबार भने माथि उक्लिएको छैन । आज जम्मा ९१ करोड १९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
सर्वाधिक शिवम् सिमेन्ट्सको ६ करोड ८४ लाख रुपैयाँमाथिको कारोबार भएको छ । त्यस्तै, सानिमा मिडिल तमोर हाइड्रोपावरको ६ करोड ६५ लाख, एनआइसी एशिया बैंकको २ करोड ७० लाख, नबिल बैंकको २ करोड ७० लाख र हिमालयन डिष्टिलरीको २ करोड २४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।













