नेपाल उद्योग बाणिज्य महासंघको ५७ औं बार्षिक साधारणसभा आज, १० बजे प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्दै

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधारण सभाको उद्घाटन सत्र आज विहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्दैछन् । काठमाडौंको होटल याक एण्ड यतीमा आयोजित साधारण सभाको उदघाटन आज बिहान १० बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने महासंघले जनाएको छ ।
नेपाली उद्योगी व्यसायीहरुको छाता संगठन महासंघको आजको उद्घाटन सत्रपछि विहान अनुसार वर्तमान बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल स्वतः अध्यक्षमा निर्वाचित भएको मानिने व्यवस्था अनुसार शेखर गोल्छाको पदावधी समाप्त भई चन्द्र ढकालले सम्हाल्नेछन् ।
साधारणसभाले महासंघको नयाँ नेतृत्व चयन गर्नेछ । आजको उद्घाटन सत्र सकिए लगत्तै भोलि नयाँ नेतृत्वको लागि निर्वाचन हुनेछ । वरिष्ठ उपाध्यक्षमा यस पटक उमेशलाल श्रेष्ठ, अन्जन श्रेष्ठ र रामचन्द्र सांघाई तीन वटा प्यानल चुनावी मैदानमा छन् । तीन वटै प्यानलले आफ्नो टिमको उम्मेदवारी घोषणा गर्दै उद्योग व्यापार, व्यवसायको वातावरण बनाउने एजेण्डा अघि सारेका छन् ।













