प्रभु बैंकको २५ लाख बढी कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाण्डौं । प्रभु बैंकले २५ लाख कित्ताभन्दा बढी संस्थापक शेयर बिक्रीमा ल्याएको छ । प्रभु बैंकले विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको २५ लाख ७ हजार ४२९ कित्ता सेयर बिक्रीमा राखेको हो ।
बैंकका संस्थापक शेयरधनीहरु गणपति वनस्पति प्रालिको नाममा रहेको १६ लाख ५९ हजार २४३ कित्ता, ताराप्रसाद भट्टराईको नाममा रहेको ५ लाख ७० हजार १८३ कित्ता, इन्सान भट्टराईको नाममा रहेको २ लाख २८ हजार ३ कित्ता र रञ्जना उदासको नाममा रहेको ५० हजार छन् ।
उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले आफूले खरिद गर्न चाहेको शेयर संख्या र मूल्यसहितको खरिद आवेदन काठमाण्डौको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा दिनुपर्नेछ ।
शेयर खरिदका लागि ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । तोकिएको अवधिमा संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेको खण्डमा प्रचलित कानुनबमोजिम अन्य सर्वसाधारण तथा संस्थाका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ ।












