नेपाल बैंकमा सुरक्षाकर्मी आपूर्तिका लागि बोलपत्र आह्वान

२८ चैत्र २०७९, मंगलवार १०:४४

काठमाडौं । नेपाल बैंक लिमिटेडले सुरक्षाकर्मी आपूर्तिका लागि बोलपत्र पेश गर्न आह्वान गरेको छ । बैंकले सुरक्षाकर्मी सेवा करारमा आपूर्ति गर्ने सम्बन्धी बोलपत्र आह्वान गरेको छ । बैंकले २०८० साल साउन १ गतेदेखि २०८२ साल असार मसान्तसम्म २ वर्षका लागि सुरक्षाकर्मीहरु सेवा करारमार्फत आपूर्ति गर्न लागेको हो ।

उक्त सेवाका लागि इच्छुक व्यक्तिले बैंकको प्रधान कार्यालय सामान्य सेवा विभाग, धर्मपथ, काठमाडौंमा सम्पर्क राख्न सक्नेछन् । अर्थात बैंकको वेबसाइट https://nepalbank.com.np/ र सार्वजनिक अनुगमन कार्यालयको वेबसाइट https://ppmo.gov.np/ मार्फत आवेदन सम्बन्धी जानकारी लिन सकिनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*