लगानीकर्ताको रोजाईमा दुई वाणिज्य बैंक

२८ चैत्र २०७९, मंगलवार ११:५९

काठमाडौं । धितोपत्र दोस्रो बजारमा दुई वाणिज्य बैंकको उच्च खरिद माग रहेको छ । माछापुच्छ्रे बैंक लिमिटेड र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको शेयर उच्च खरिदका लागि माग गरिएको छ ।

यो समाचार तयार पार्दासम्म माछापुच्छ्रे बैंकको शेयर ९ जनाले ९७ हजार २४० कित्ताका लागि माग गरिएको छ भने नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको शेयर ६ जनाले ८३ हजार ६१ कित्ताका लागि माग गरिएको छ । दोस्रो बजारमा यी दुई बैंकको शेयर केही दिनयता उच्च खरिद माग गरिएको देखिएको छ ।

यो समाचार तयार पार्दासम्म माछापुच्छ्रे बैंकको शेयरमूल्य शुन्य दशमलव ७८ प्रतिशतले बढेर २१९ रुपैयाँ पुगेको छ भने नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको शेयरमूल्य शुन्य दशमलव ६० पैसाले बढेर १८१ रुपैयाँ १० पैसा पुगेको छ ।

नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये बैंकहरुको शेयरमूल्य कम नै हुने गर्दछ । बैंकहरुको चुक्तापुँजी धेरै हुने भएका कारण पनि शेयरमूल्य अन्य कम्पनीहरुको तुलनामा कम हुन पुगेको हो । पछिल्लो समय बैंकहरुको शेयरमूल्य घट्दै गइरहेको छ । यता माछापुच्छ्रे बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको शेयरमूल्य भने उच्च खरिद माग गरेका कारण केही प्रतिशतले बढ्न पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*