राष्ट्र बैंकले बोलायो आकस्मिक पत्रकार सम्मेलन

२८ चैत्र २०७९, मंगलवार १२:१६

काठमार्डौं । आर्थिक संकटका बीच बैंक ब्याजदरका विरुद्ध उद्योग व्यवसायीसँगै आम सर्वसाधारण आन्दोलनमा उत्रिरहेका बेला राष्ट्र बैंकले आधिकारिक धारणा सार्वजनिक गर्ने आकस्मिक पत्रकार सम्मेलन गर्दैछ ।

गभर्नर महाप्रसाद अधिकारीले आज दिउँसो १ बजे पत्रकार सम्मेलन नै गरेर केन्द्रीय बैंकको धारणा सार्वजनिक गर्ने भएका हुन् ।

समस्याग्रस्त आर्थिक स्थितिका बाबजुद केन्द्रीय बैंकले ब्याजदर घटाउने नीति लिन सक्ने अपेक्षा सबैको छ । यद्यपि, केन्द्रीय बैंकको आर्थिक अनुसन्धान विभागले आयोजना गर्ने पत्रकार सम्मेलनमा मुलुकको वास्तविक आर्थिक स्थितिको बिषयमा छलफल गरिने राष्ट्र बैंकले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*