उद्योगीहरुले पाएको दुःख सरकारले बुझनुपर्छ, बैंकको ब्याजदर तत्काल घटाउन उद्योग मन्त्रीको माग

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालल देशलाई समृद्धितर्फ लैजान उद्योगीहरु व्यवसायिले पाएको दुःख बुझ्न आवश्यक रहेको बताए ।नेपाल उद्योग वाणिज्य महासंघको ५७ वार्षिक साधारणसभामा मन्त्री रिजालले मुलुक अहिले चुनौतीपूर्ण समयबाट गुज्रिरहेको हुँदा व्यवसायीहरुको मर्का सरकारले बुझन आवश्यक रहेको बताए ।कार्यक्रममा उनले व्यबसायीमा बैंक ब्याजदरको समस्या रहेको भन्दै उनले बैंकको ब्याजदर घटाउन प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले उद्योग ठप्प भएको हुँदा व्यवसायीहरु निरुत्साहित भएको बताएका छन् ।
‘आर्थिक अवस्था त्यत्ति राम्रो छैन । आयात निर्यातमा ठूलो ग्याप भएको छ । व्यवासीहरु निरुत्साहित हुनु भएको छ । उद्योगीहरुको उद्योग ठप्प भएको छ । धेरै गुनासोहरु हामीले सुन्नु परेको छ’ उनले भने ।











