अब बैंकहरुले ५० लाख रुपैयाँसम्मको कुनै पनि कर्जामा अग्रिम भुक्तानी आएमा शुल्क लिन नपाउने
२८ चैत्र २०७९, मंगलवार १४:४१

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले ५० लाख रुपैयाँसम्मको कुनै पनि कर्जामा अग्रिम भुक्तानी आएमा शुल्क लिन नपाउने व्यवस्था गरेको छ। यस्ता कर्जा अग्रिम भुक्तानीमा बैंक तथा वित्तीय संस्थाले कुनै शुल्क लिएमा वा लिने जानकारी दिएमा गुनासो दर्ता गर्न नेपाल राष्ट्र बैंकअन्तर्गत वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले आग्रह गरेको छ।
साथै केन्द्रिय बैंकले सुनुवाई वित्तीय ग्राहक संरक्षण इकाइमा गुनासो दर्ता गराउन समेत नेपाल राष्ट्र बैंकले आग्रह गरेको हो।











