नेप्सेद्वारा एक कम्पनीको शेयरमूल्य समायोजन, भोलि कतिमा खुल्ला कारोबार ?

२८ चैत्र २०७९, मंगलवार १६:१३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले थप एक कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । महुली लघुवित्त वित्तीय संस्थाले १४.२५ प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले संस्थाको शेयरमूल्य समायोजन गरेको हो ।

आज शेयरबजार बन्द हुनुभन्दा अघिसम्म कायम संस्थाको शेयरमूल्य ८३७ रुपैयाँका आधारमा नेप्सेले १४.२५ प्रतिशत बोनस शेयर वितरणपछिको शेयरमूल्य ७३२ रुपैयाँ ६० पैसा कायम गरेको छ । सोही मूल्यकै आधारमा भोलि संस्थाको कारोबार खुल्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*