प्राइम कमर्सियल बैंकद्वारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?
२९ चैत्र २०७९, बुधबार ११:२८

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै रिक्त रहेका ११ पदहरुमा कर्मचारी माग गरेको हो ।
बैंकले बिजनेस डेभलपमेन्ट देखि ट्रेनि एसिस्टेन्टसम्मका ११ पदमा अनुुभवि र क्षमतावान नेपाली नागरिकहरुको लागि जागिर खुलाएको छ । बैंकका अनुसार सो पदहरुमा आवेदन दिनको लागि मान्यताप्राप्त शैंक्षिक संस्थाहरुबाट स्नात्तक देखि स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनपर्ने छ ।
इच्छुक उम्मेदवारले बैशाख ७ गतेभित्र बैंकको वेवसाइट https://www.primebank.com.np/ मार्फत आवेदन दिन सक्नेछन् ।












