माई खोला हाइड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न

२९ चैत्र २०७९, बुधबार ११:४९

काठमाडौं । माई खोला हाइड्रोपावर लिमिटेडको आइपीओ बाँडफाँड भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री गरेको आईपीओ बाँडफाँड गरेको हो ।

कम्पनीले पहिलो चरणको आईपीओ फागुन २५ गतेदेखि चैत ९ गतेसम्म विक्री खुला गरेको थियो । कम्पनीले जारी पूँजी ३९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँको १० प्रतिशत अर्थात् ३ करोड ९२ लाख १५ हजार ७०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ३ लाख ९२ हजार १५७ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्र ईलाम जिल्लाका स्थानीय बासिन्दाहरुका लागि विक्री गरेको हो ।

तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिने स्थानीयहरूमा ३ लाख ९२ हजार १५७ कित्ता शेयर बाँडफाँड गरिएको विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको जनाएको छ । त्यस्तै दोस्रो चरणमा सर्वसाधारणमा निष्कासन हुने शेयरको १० प्रतिशतले हुन आउने १ करोड ५२ लाख ९४ हजार १०० रुपैयाँ बराबरको प्रतिशेयर १०० अंकित मूल्यका १ लाख ५२ हजार ९४१ कित्ता शेयर भने वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँड गरिएको छ ।

विक्री प्रबन्धकका अनुसार चैत २७ गते दुबै पहिलो चरणको आईपीओ बाँडफाँड गरिएको हो । आइपीओ सम्बन्धी विवरण हेर्नको लागि बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको वेबसाइट  https://www.prabhucapital.com/ मार्फत हेर्न सकिनेछ । अब कम्पनीले दोस्रो चरणको आईपीओ सर्वसाधारणहरुमा विक्री गर्नेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*