शेयरबजारमा उछाल आउदा यी हुन सर्वाधिक कारोबार हुने टप १० कम्पनी

२९ चैत्र २०७९, बुधबार १५:०४

काठमाडौं । लामो समयपछि शेयरबजारमा आज उछाल आएको छ । नेप्से परिसूचक ९२ अंकले बढेर १९६३ को विन्दु्मा कायम हुन पुगेको छ ।

शेयरबजारमा एकाएक उछाल आएसँगै कारोबार रकम समेत बढेर एक अर्ब ९७ करोड २९ लाख रुपैयाँमाथिको कारोबार भएको छ । सर्वाधिक आज शिवम् सिमेन्ट्सको ११ करोड ७१ माथिको कारोबार भएको छ ।

त्यस्तै, एनआइसी एशिया बैंकको ६ करोड २५ लाख, हिमालयन डिष्टिलरीको ६ करोड २ लाख, नबिल बैंकको ५ करोड ३३ लाख रुपैयाँ र अपि पावरको ४ करोड ६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*