६ बैंक तथा वित्तिय संस्था राष्ट्र बैंकको कारवाहीमा, कुन-कुन परे कारवाहीमा ?

२९ चैत्र २०७९, बुधबार १६:००

काठमाडौं । नेपाल राष्ट्र बैंकले ६ बैंक तथा वित्तिय संस्थालाई कार्वाही गर्ने भएको छ।राष्ट्र बैंकको नियम विपरित गएको भन्दै वित्तीय संस्थालाई करिब एक करोड जरीवाना गरेको हो ।

केन्द्रीय बैंकले ४ विकास बैंक र २ फाइनान्स कम्पनीलाई कर्जा निक्षेप अनुपात तोकिएको सीमामा कायम नगरेको भन्दै आर्थिक जरिवाना गरेको हो ।
राष्ट्र बैंकका अनुसार कर्पोरट डेभलपमेन्ट बैंक, नारायणी विकास बैंक र सप्तकोशी विकास बैंकले चालु आर्थिक वर्षको पहिलो र दोस्रो त्रैमासमा कर्जा निक्षेप अनुपात ९० प्रतिशत भन्दा माथि रहेको छ ।
त्यसैगरी नेपाल फाइनान्स र जानकी फाइनान्सले चालु आवको पहिलो त्रैमासम्म कर्जा निक्षेप अनुपात ९० प्रतिशत भन्दा माथि पु्रयाएपछि जरीवाना तिर्नु परेको छ ।

केन्द्रीय बैंकका अनुसार सबैभन्दा धेरै आर्थिक जरीवाना बुझाउनेमा सप्तकोशी डेभलपमेन्ट बैंक रहेको छ । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३० लाख ५९ हजार ३ सय ३३ रुपैयाँ र दोस्रो त्रैमासमा २२ लाख ७७ हजार ३ सय २ रुपैयाँ जरीवाना तिरेको छ ।

त्यसैगरी कर्पोरेट डेभलपमेन्ट बैंकले चालु आवको पहिलो त्रैमासमा १७ लाख ९३ हजार ६ सय ४७ र दोस्रो त्रैमासमा ३ लाख ३५ हजार ४ सय ७४ रुपैयाँ जरिवाना तिरेको हो ।

चालु आवको पहिलो त्रैमासमा नारायणी डेभलपमेन्ट बैंकले ५ लाख ८ हजार २ सय र दोस्रो त्रैमसमा ३ लाख ४ हजार २ सय २९ रुपैयाँ जरिवाना तिरेको छ । सिन्धु विकास बैंकले भने चालु आवको पहिलो त्रैमासमा मात्रै ८ लाख ८२ हजार एक सय २१ रुपैयाँ जरिवाना तिरेको छ ।

त्यसैगरी चालुआवको पहिलो त्रैमासमा नेपाल फाइनान्सले एक लाख ४९ हजार ३ सय ६३ र जानकी फाइनान्सले ८० हजार ९ सय ८५ रुपैयाँ जरिवाना राष्ट्र बैंकलाई बुझाएका छन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*