गुरुप्रसाद न्यौपानेलाई कारवाही गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न धितोपत्र बोर्डलाई उच्च अदालत पाटनको अन्तरिम आदेश

२९ चैत्र २०७९, बुधबार १९:४४

काठमाडौं । रिडी पावर कम्पनीका अध्यक्ष गुरुप्रसाद न्यौपानेलाई कारवाही गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न उच्च अदालत पाटनले धितोपत्र बार्डलाई आदेश दिएको छ । यसअघि धितोपत्र बोर्डले आफैं सञ्चालक रहेको कम्पनीको सेयर अनधिकृतरुपमा बिक्री गरेको प्रमाण फेला पारेपछि न्यौपानेलाई कारवाही गरेको थियो । पुँजी बजारको नियामक निकाय बोर्डले न्यौपानेलाई नगद जरिबानासहित १० वर्ष कुनै पनि पब्लिक लिमिटेड कम्पनीको सञ्चालक वा व्यवस्थापक हुन नपाउने गरी कारबाही गरेको हो ।

कर्नरिङ, इन्साइडर ट्रेडिङ वा कुनै कम्पनीका सञ्चालकले अनधिकृतरुपमा कारोबार गरेको प्रमाण फेला पारेमा कारवाही गर्न सक्ने धितोपत्र बोर्डलाई कानुनले अधिकार दिएको छ । सोही अनुसार न्यौपानेलाई कारवाही गरिएको बोर्डको भनाई छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*