नबिल बैंकका ग्राहकहरुलाई राहत, ब्याजदर घटाउने निर्णय
३० चैत्र २०७९, बिहीबार १०:०७

काठमाडौ । नबिल बैंक लिमिटेडले नयाँ ब्याजदर प्रकाशित गरेको छ । बैंकले २०८० साल वैशाख महिनाका लागि घटाएर ब्याजदर सार्वजनिक गरेको हो ।
नेपाल बैंकर्स संघको कार्यसमितिको बैठकले नयाँ वर्षदेखि लागू हुनेगरी वाणिज्य बैंकहरुले १.०१ प्रतिशतका दरले ब्याजदर घटाउने निर्णय गरेसँगै नबिल बैंकले निक्षेपको ब्याजदर १.०१ प्रतिशतले घटाएर ९.९९ प्रतिशत कायम गरेको हो ।
सार्वजनिक ब्याजदर अनुसार बैंकको सामान्य बचत खाता अन्तर्गत न्युनतम ५.४० प्रतिशत ब्याजदर र अधिकतम ८.४० प्रतिशतसम्म ब्याजदर निर्धारण गरिएको छ । त्यस्तै, बैंकको मुद्दती निक्षेपअन्तर्गत ९.९९ प्रतिशत ब्याजदर देखि अधिकतम १०.९९ प्रीतशतसम्म ब्याजदर निर्धारण गरिएको छ ।












