कामना सेवा विकास बैंकको संस्थापक शेयर बिक्रीमा

३० चैत्र २०७९, बिहीबार १०:२७

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीका संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिएपश्चात बैंकले सो वापतको शेयर बिक्रीमा ल्याएको हो ।

बैंकका शेयरधनी विजय मोहन भटराईको नाममा रहेको ५ हजार कित्ता बिक्रीमा ल्याएको छ । सो शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित मितिले ३५ दिन भित्र कम्पनीको केन्द्रिय कार्यालय ज्ञानेश्वर, काठमाडौंमा आवेदन दिन सक्नेछन् ।

उक्त शेयर खरिदको लागि ३५ दिन भित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट कुनै आवेदन नपरेमा प्रचलित कानुन अनुसार अन्य ब्यक्ती तथा संस्थालाई सो शेयर बिक्रीका लागि प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*