कुमारी बैंकले घटाएर सार्वजनिक गर्यो नयाँ ब्याजदर, कुन खातामा कति ?

काठमाडौ । कुमारी बैंक लिमिटेडले नयाँ ब्याजदर प्रकाशित गरेको छ । बैंकले २०८० साल वैशाख महिनाका लागि घटाएर नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।
नेपाल बैंकर्स संघको कार्यसमितिको बैठकले नयाँ वर्षदेखि लागू हुनेगरी वाणिज्य बैंकहरुले १.०१ प्रतिशतका दरले ब्याजदर घटाउने निर्णय गरेसँगै कुमारी बैंकले निक्षेपको ब्याजदर १.०१ प्रतिशतले घटाएर ९.९९ प्रतिशतसम्म कायम गरेको हो ।
सार्वजनिक ब्याजदर अनुसार बैंकको सामान्य बचत खाता अन्तर्गत न्युनतम ५.४० प्रतिशत ब्याजदर र अधिकतम ७.४० प्रतिशतसम्म ब्याजदर निर्धारण गरिएको छ । त्यस्तै, बैंकको मुद्दती निक्षेपअन्तर्गत बैंकले ९.९९ प्रतिशत ब्याजदर निर्धारण गरिएको छ ।
यता बैंकले कर्जापट्टि भने १३.७५ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । यसअघि बैंकहरुले कर्जाको ब्याजदर २० प्रतिशतसम्म लिने गरेका थिए ।












