नयाँ स्टक एक्सचेन्ज अघि बढाउने धितोपत्र बोर्डको निर्णय, नेप्से विरुद्ध अर्को कम्पनी खडा गर्न अर्बौको सेटिङ

३० चैत्र २०७९, बिहीबार १०:२७

काठमाडौं । तत्कालिन अर्थमन्त्री जनार्दन शर्माको पालामा अर्बौ घुस सेटिङमा लाइसेन्स दिन तयार पारिएको नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया अघि बढाउन धितोपत्र बोर्डले आज १० दिने सूचना प्रकाशित गरेको छ । बोर्डका अध्यक्ष डा. रमेश हमालले बोर्डबाट निर्णय गराएर आज सूचना प्रकाशित गर्दै नयाँ स्टक एक्सचेन्जको लागि १० दिन भित्र आवेदन दिन भनिएको छ ।
लगानीकर्ताको लागि नभई नहुने नयाँ ब्रोकर लाइसेन्स वितरण गर्नुपर्नेमा सोही बाहनामा स्टक एक्सचेन्जको समेत लाइसेन्स वितरण गर्न अर्बौ सेटिङ गरेका धितोपत्र बोर्डका अध्यक्ष हमालले आज सूचना प्रकाशित गरेका हुन् ।

प्रकाशित सुचना अनुसार यसअघि असोज २ गते प्रकाशित सूचना बमोजिम सर्वोच्च अदालतमा मुद्दा परेर रोकिई बाँकी रहेको म्याद भन्दै १० दिने सूचना प्रकाशित गरिएको छ ।
बोर्डले एक स्टक एक्सचेञ्ज र दुई कमोडिटी एक्सचेञ्ज खोल्नका लागि इच्छुक कम्पनीहरुसँग आवेदन माग गरेको थियो । बोर्डले लगानीकर्ताहरुले माग गरिरहेको नयाँ ब्रोकर लाइसेन्स, स्टक लाइसेन्स, कमोडिटी एक्सचेन्जको लाइसेन्स समेत वितरण गर्न लागिएको हो ।

 

सर्वोच्च अदालतले सो सम्बन्धमा परेका सबै मुद्दाहरु खारेज गरेपछि बोर्डले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स वितरण गर्ने बाटो खुल्ला भएको थियो । हाल सञ्चालनमा रहेको नेप्सेका विरुद्धमा नयाँ कम्पनी खडा गरे बापत धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले पाँच अर्बभन्दा बढि सेटिङ गरेको बताइएको छ । देश चरम आर्थिक संकटमा फसेको बेला अर्बौ रुपैयाँको सेटिङमा अघि बढाउन लागिएको दोस्रो स्टक एक्सचेन्ज कम्पनीले प्रधानमन्त्री प्रचण्डको नैतिकतामाथि नै प्रश्न चिन्ह उठाउने निश्चित छ ।

नयाँ ब्रोकर लाइसेन्स वितरण गर्न आवश्यक भएपनि दोस्रो स्टक एक्सचेन्जको लाइसेन्स भने यसअघिका अर्थमन्त्री जनार्दन शर्माको पालामा अर्बौ रुपैयाँमा सेटिङमा लाइसेन्स दिन लागिएको थियो । माफियासँगको सेटिङमा लाइसेन्स दिन लागेको भन्दै उतिबेला नै तत्कालिन मन्त्री शर्माको चर्को आलोचना भएको थियो ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*