सर्वसाधारणको लागि माई खोला हाइड्रोले बैशाख ८ गतेदेखि आइपीओ निष्काशन गर्दै

३० चैत्र २०७९, बिहीबार १०:४०

काठमाडौं । माई खोला हाइड्रोपावर लिमीटेडले आगामी बैशाख ८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निश्कासन गर्ने भएको छ । कम्पनीले योजना प्रभावित र वैदेशिक रोजगारमा रहेका नागरिकको लागि आइपीओ निष्काशन गरीसके पछि सर्वसाधारणको लागि निष्काशन गरेको हो ।

कम्पनीले आफ्नो जारी पूँजी ३९ करोड २१ लाख ५६ हजार ८०० को ३९ प्रतिशत अर्थात १५ करोड २९ लाख ४१ हजार १०० रुपैयाँ बराबरको १०० रुपैयाँ अंकित दरको कुल १५ लाख २९ हजार ४११ कित्ता सेयर निश्कासन गर्ने भएको हो । कुल कित्तामध्ये ७६ हजार ४७१ कित्ता सामूहिक लगानी कोषका लागि र ३० हजार ५८८ कित्ता कर्मचारीका लागि सुरक्षित गरी बाँकी रहेको १२ लाख ६९ हजार ४११ कित्ता साधारण सेयर सर्वसाधारणका लागि निश्कासन गर्न लागेको हो ।

कम्पनीले निश्कासन गर्ने आइपीओमा छिटोमा बैशाख १२ गतेसम्म र सो अवधिसम्म पनि बिक्री नभए ढिलोमा बैशाख २४ गतेसम्म आवेदन दिन सकिनेछ । इच्छुकले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकको काम प्रभू क्यापिटल लिमीटेडले गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*