वाणिज्य बैंकहरुले घटाएर सार्वजनिक गर्यो नयाँ ब्याजदर

काठमाडौ । वाणिज्य बैंकहरुले घटाएर नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरुले २०८० साल वैशाख महिनाका लागि घटाएर नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।
नेपाल बैंकर्स संघको कार्यसमितिको बैठकले नयाँ वर्षदेखि लागू हुनेगरी वाणिज्य बैंकहरुले १.०१ प्रतिशतका दरले ब्याजदर घटाउने निर्णय गरेसँगै कुमारी बैंकले निक्षेपको ब्याजदर १.०१ प्रतिशतले घटाएर ९.९९ प्रतिशतसम्म कायम गरेको हो ।
नयाँ ब्याजदर अनुसार वाणिज्य बैंकहरुको मुद्दती निक्षेपमा अब ९.९९ प्रतिशत ब्याजदर निर्धारण गरिएको छ । यसअघि बैंकहरुले मुद्दती निक्षेपमा ११ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेका थिए । नेपाल बैंकर्स संघको निर्णयसँगै बैंकहरुले ब्याजदर १.०१ प्रतिशतले घटाएका हुन् ।
अब बाणिज्य बैंकहरुले संस्थागत मुद्दती निक्षेपको ब्याजदर ७.९९ प्रतिशत निर्धारण गरेको छ भने यता सामान्य बचतको ५.४ प्रतिशतदेखि अधिकतम ७.४ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेका छन् ।
त्यस्तै, वाणिज्य बैंकहरुले यता कर्जापट्टि अधिकतम १३.७५ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेका छन् । बैंकहरुले केही महिनाअघिसम्म कर्जाको ब्याजदर २० प्रतिशतसम्म तोक्ने गरेका थिए । विभिन्न उद्योगी संघ तथा व्यवसायीहरुले चर्को ब्याजदर विरुद्ध विभिन्न आन्दोलन तथा विरोध गरेसँगै बैंकहरुले कर्जाको ब्याजदर समेत घटाएका थिए ।











